स्वास्थ्यमन्त्री खतिवडाद्वारा हेटौँडा अस्पतालको निरीक्षण

रासस

सोमबार, २५ असोज २०७८, २० : ४४
स्वास्थ्यमन्त्री खतिवडाद्वारा हेटौँडा अस्पतालको निरीक्षण

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले गृहजिल्ला मकवानपुरको हेटौँडा अस्पतालको निरीक्षण गर्नुभएको छ ।

उहाँले आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको हो । 

मन्त्री खतिवडाले हेटौँडा अस्पतालको आइसियु कक्ष, कोभिड–१९ वार्डको स्थलगत निरीक्षण गर्नुभयो । सो अवसरमा उहाँले अस्पतालको स्तरोन्नति र सेवा विस्तारका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अस्पतालका कर्मचारीमा प्रतिष्ठान आएपछि जागिर नै सङ्कटमा पर्ने चिन्ताले सताइरहेको भन्दै यसबारेमा सरकारले आवश्यक निर्णय गर्ने भएकाले निश्चिन्त रहेर जनताको सेवामा लाग्न आग्रह गर्नुभयो ।

वर्षौँदेखि काम गर्दै आएका करारका कर्मचारी, चिकित्सक, नर्सलगायत सबैलाई समेटेर प्रतिष्ठानले अपुग कर्मचारी माग्नेमा सरकारको ध्यनाकर्षण हुने बताउनुभयो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रामचन्द्र सापकोटाले मन्त्री खतिवडालाई अस्पतालको पछिल्लो अवस्था र कोरोना महामारीमा गरेका प्रयासका बारेमा जानकारी गराउनुभयो ।  

प्रतिक्रिया दिनुहोस