कति छ आज विदेशी मुद्राको विनिमयदर ?

सफल खबर संवाददाता

सोमबार, २५ असोज २०७८, १२ : १९
कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । आज एक अमेरिकी डलरको बिक्री दर १२०.२८ र खरिद दर ११९.६८ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकले आज विदेशी मुद्राको भाउ तोक्दै डलरको दर १२०.२८ रुपैयाँ कायम भएको बताएको हो ।

 यस्तै, आज एक यूरोको बिक्री १३९.१५ र खरिद दर १३८.४६ रुपैयाँ तथा एक पाउण्डको बिक्री दर १६३.७४ र खरिद दर १६२.९२ रुपैयाँ तोकिएको छ । यसका साथै, अष्ट्रेलियन डलरको बिक्री दर ८८.७४ र खरिद दर ८८.३० डलर तथा सिंगापुर डलरको बिक्री ८८.७४ र खरिद ८८.३० डलर कायम छ ।

१० जापानी येनको बिक्री १०.७२ र खरिद दर १०.६६ रुपैयाँ तथा चिनियाँ युवानको बिक्री १८.६७ र खरिद दर १८.५७ रुपैयाँ कायम छ । यस्तै, साउदी रियालको बिक्री ३२.०७ र खरिद ३१.९१ रुपैयाँ कायम हुँदा कतारी रियालको बिक्री ३३.०३ र खरिद ३२.८६ रुपैयाँ छ ।

संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३२.७५ कायम हुँदा खरिद दर ३२.५८ र मलेसियन रिंगटको बिक्री २८.७९ र खरिद २८.६५ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस