वन्यजन्तुमा आधारित पर्यटन क्षेत्रको दिगो विकासका लागि इसिमोडले थाल्यो पुर्व सुचना प्रणालीको विकास

प्रकाश सिग्देल

आइतबार, २४ असोज २०७८, १८ : १४
वन्यजन्तुमा आधारित पर्यटन क्षेत्रको दिगो विकासका लागि इसिमोडले थाल्यो पुर्व सुचना प्रणालीको विकास

चितवन । चितवनमा जलवायु परिर्वतनको असरबाट यहाँको वन्यजन्तुमा आधारित पर्यटन व्यवसायमा परेको असरलाई घटाउन विशेष कार्यक्रमको थालनी भएको छ । अन्तराष्ट्रिय एकिकृत पर्वतिय विकास केन्द्र इसिमोडले राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन संग सहकार्य गरि चितवनको पर्यापर्यटन संरक्षण र विकासका लागि विशेष कार्यक्रमको थालनी गरेको हो ।

जलवायु परिर्वतनको असरबाट यहाँको वन्यजन्तुमा आधारित पर्यटन व्यवसायमा परेको असरलाई पहिचान गर्दै पुर्व सुचना प्रणालीको विकास गरी व्यवसायीक लाभ लिने योजना सहित इसिमोडले चितवनमा काम गरिरहेको छ । यहाँका मध्यवर्तीका पदाधिकारी, सामुदायीक वनका अधिकारी, पर्यटन व्यवसायी, होटल ब्यवसायी, संरक्षण कर्र्मी, चरा बिशेषज्ञ, लगायतका संरक्षण र पर्या पर्यटनका क्षेत्रमा काम गर्ने व्यक्तिहरुसंग इसिमोडले जलवायु परिर्वतनले बिगत देखि वर्तमान सम्म पर्या पर्यटनको क्षेत्रमा पारेको प्रभावका बारेमा छलफल गरेको छ ।

ईसिमोडले गरेको कार्यक्रमले चितवनको पर्यटन विकासमा महत्वपुर्ण योगदान पुग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले बताए । यहाँ आउने पर्यटकहरु विश्वभरीबाट आउने र जलवायु परिर्वतनसंग सबैले चाँसो राख्ने भएकाले ईसिमोडले गरेको यो कार्यक्रम धेरै प्रभावकारी हुने उनको भनाई छ । जलबायु परिवर्तनका पुर्व सुचना संकलन गरि पुर्व सुचनामा आधारित रहेर सफारी पर्यटनका कार्यक्रमलाई प्रभावकारी बनाउने उद्धेश्य सहित यो कार्यक्रम सञ्चालन गरेको ईसिमिोडकी कार्यक्रम संयोजक डा मन्दिरा सिहं श्रेष्ठले बताइन् ।

यो कार्यक्रमलले आफुहरुलाई धेरै ज्ञान प्राप्त हुनका साथै दिगो पर्यटन विकासमा धेरै ठुलो सहयोग पुग्ने बागमारा मध्यवर्ती सामुदायीक वनकी सदस्य सरस्वती चालिसेले बताइन् । संरक्षणका क्षेत्रमा लामो समय देखि काम गरेको भएपनि यस्तो ज्ञान आफुहरुले पहिलो पटक मात्रै प्राप्त गरेको उनको भनाई छ । यसले सुचनालाई आधार मानेर नयाँ योजना बनाउन सहजता मिल्ने र त्यसले गर्दा सफारी पर्यटन विकासमा सहजता मिल्ने देखिन्छ ।

सफारी पर्यटनसंग सम्बन्धित हात्ती, जिप, डुगां, सफारी, वड वाचिगं, नेचर गाईड र टावर नाइट व्यवसायलाई सुरक्षित बनाउन पुर्व सुचना संकलन कार्यक्रम गरिएको र यसले व्यवसायमा जोखिम घटाउदै ब्यवसायीक लाभ हुने र चितवनको वन्यजन्तुमा आधारित समग्र पर्यटनको दिगो विकासमा सहजता हुने ईसिमोडकी पर्यटन विशेषज्ञ डा. अनु लामाले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस