कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २४ असोज २०७८, १८ : ००
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार २३७र एन्टिजेन विधिबाट ३ हजार १६७ जनामा परिक्षण गर्दा ५९६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २ हजार १९८ र एन्टिजेनबाट ९२ हजार ९९४ जना पुगेको छ ।  

यस्तै, आज थप ८७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७५ हजार ९४३ जना पुगेको छ । निको हुने दर ९६.७ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २३१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २४ रहेको छ ।  

प्रतिक्रिया दिनुहोस