नेकपा एसमा उपमहासचिव र सचिव थपिए, चुनाव चिन्ह कलम

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, १९ : २९
नेकपा एसमा उपमहासचिव र सचिव थपिए, चुनाव चिन्ह कलम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा तीन पदाधिकारी थपिएका छन् । बिहीबार बसेको स्थायी कमिटी बैठकले उपमहासचिवमा एक जना र सचिवमा तीन जना पदाधिकारी थपिएका हुन् । 

बैठकले चार पदाधिकारी मनोनयन गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई सचिवमा मनोनित गरेको छ ।

नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ । बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।


 

प्रतिक्रिया दिनुहोस