काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन् ।
काठमाडौंको अर्पण बैंक्वेटमा बिहीबार नेकपा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले एमालेका नेता केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका हुन्।
उनले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी पार्टी रोजेको बताए।
उनले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजानेसमेत घोषणा गरे। नेता नेपालले एमाले सबै हिसाबले पतनको दिशामा गएको दावी गर्दै एमाले सामूहिक नभएर एक व्यक्तिको पार्टी जस्तो भएको बताए।
‘परित्याग गरेर आएको पार्टी नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको व्यहोरा पनि हामीले भर्खरै सुन्यौँ। उनले भने, ‘ केपी ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेका छन्। च्यूत भइसकेको अब औपचारिक रुपमा दिन हेर्नमात्रै बाँकी छ। त्यहाँ कुनै सामूहिक छलफल छैन। त्यो एउटा व्यक्तिको प्रालिको रुपमा रुपान्तरित हुन थालेको छ। आजको बैठकबाट हामी उहाँलाई औपचारिक निर्णय गर्नेछौँ। उहाँलाई पार्टीको स्थायी कमिटी सदस्यमा ल्याउने घोषणा गर्दछु।’
कार्यक्रममा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टीमा मा प्रवेश गरेका नेता भानुभक्त जोशीले १० बुँदे सहमति तथा अन्तरपार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताए।
उनले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै नेकपा एकीकृत प्रवेश गरेको बताए। नेता जोशीले एमालेको नीति र सिद्धान्त उचित नभएकोले एमालेको केन्द्रीय कमिटीबाट राजीनामा दिएको स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असोज २०७८, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छ : माधव नेपाल