इपीएल : पोखरालाई पराजित गर्दै चितवन फाइनलमा

सफल खबर संवाददाता

बुधबार, २० असोज २०७८, १२ : २८
इपीएल : पोखरालाई पराजित गर्दै चितवन फाइनलमा

काठमाडौं । चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) फाइनलमा पुगेको छ । बुधबारको खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेको हो ।

पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा १ विकेटको क्षतीमा पूरा गरेको थियो । फाइनलका लागि शीर्ष दुई स्थानमा रहेका चितवन र पोखराबीच प्रतिस्पर्धा भएको थियो ।

अब चितवनले फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग शनिबार खेल्नेछ । उता पोखराले पनि फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरको मौका पाउने छ । जसका लगि उसले एलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ ।

इपीएल अन्तर्गत नै आज एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । इपीएलको प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । त्यस्तैगरी उपविजेताले १५ लाख पाउनेछ ।

प्रतिक्रिया दिनुहोस