मन्त्रीको नामावली टुंगो लगाउन  माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

सफल खबर संवाददाता

बुधबार, २० असोज २०७८, १० : ५५
मन्त्रीको नामावली टुंगो लगाउन  माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

काठमाडौँ ।  मन्त्रीको नामावली टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्रिमण्डलमा परेको भागवण्डामा कसलाई पठाउने भन्ने टुंगो लगाइनेछ।

CG Developers Tansen Cement box

यसअघि सत्तारूढ गठबन्धनमा माओवादी केन्द्रले पाँच वटा मन्त्री पाउने सहमति भइसकेको छ । अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको उसले अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउनेछ ।

माओवादीले मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको भए पनि आजको बैठकमा त्यसबारे कुराकानी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस