कपिलवस्तुमा झाडापखालाको प्रकोप, २ जनाको मृत्यु, २ सय बढी बिरामी

सफल खबर संवाददाता

बुधबार, २० असोज २०७८, ०९ : ०१
कपिलवस्तुमा झाडापखालाको प्रकोप, २ जनाको मृत्यु, २ सय बढी बिरामी

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ ।  दुई सय भन्दा धेरै बिरामी परेका छन्।  कृष्णनगर नगरपालिकाको ७, ८ र ९ नम्बर वडाका विभिन्न स्थानमा विगत दुई दिनदेखि झाडापखालाको प्रकोप फैलिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

झाडापखालाबाट वडा नम्बर ८ का ४० वर्षीय रामप्रसाद केवट र वडा नं। ९ का ५ वर्षीय बालक राज कश्यपको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले जानकारी दिए। कश्यपको स्थानीय क्लिनिक र केबटको उपचार अभावमा आफ्नै घरमा मृत्यु भएको स्थानीयले बताएका छन्।

नगरपालिका क्षेत्रको बहादुरगंज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला महामारीको रुपमा फैलिएको छ। गाउँगाउँमा झाडा पखालाका बिरामी बढ्न थालेपछि कृष्णनगर नगरपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य टोली परिचालन गरेको छ।

प्रतिक्रिया दिनुहोस