नेपाल जर्नीले भरतपुर महानगरमा नेपालकै नमुना अपागंमैत्री सार्बजनिक पुस्तकालय निर्माण गर्दै , पत्रकार प्रकाश सिग्देलको अध्यक्षतामा नयाँ समिति गठन

प्रकाश सिग्देल

मंगलबार, १९ असोज २०७८, १९ : १०
नेपाल जर्नीले भरतपुर महानगरमा नेपालकै नमुना अपागंमैत्री सार्बजनिक पुस्तकालय निर्माण गर्दै , पत्रकार प्रकाश सिग्देलको अध्यक्षतामा नयाँ समिति गठन

चितवन । नेपाल जर्नी संस्थाको विशेष अधिवेशन तथा तेस्रो साधारण सभा सम्पन्न भएको छ । नेपालका विभिन्न जिल्लामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपुर्ण काम गरेको संस्थाको विशेष अधिबेशन तथा तेस्रो साधारण सभाले पत्रकार प्रकाश सिग्देलको अध्यक्षतामा ७ सदस्य नयाँ समिति निर्विरोध चयन गरेको हो ।

समितिको अध्यक्षमा प्रकाश सिग्देल, उपाध्यक्षमा ब्यवसायी सुरज सेढाई, सचिबमा पत्रकार प्रमिला अधिकारी, कोषाध्यक्षमा ब्यवसायी रसु पिया र सदस्यहरुमा नबिन श्रेष्ठ, ईन्दु घिमिरे र अर्जुन चापागाई निर्विरोध निर्वाचित गरेको हो ।

त्यस्तै वरिष्ठ समाजसेवी टंकनाथ पौडेल संयोजक रहेको ९ सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ । संस्थाका पुर्व अध्यक्ष गणेश लाल श्रेष्ठ, निर्वतमान अध्यक्ष गोपाल भण्डारी सहित समाजसेबी मन्जु सिम्खडा, पुस्तकालय बिज्ञ ईन्द्र प्रसाद अधिकारी,व्यवसायी केशव पुरी,नरेश ध्वज श्रेष्ठ, वरिष्ठ समाजसेवी उमाशंकर अग्रवाल र प्रेम कुमार श्रेष्ठलाई सल्लाहकारमा मनोनयन गरेको हो ।

सो अवसरमा संस्थामा रहेर काम गर्नुहुने पुर्व पदाधिकारी र सल्लाहकारहरुलाई नेपाल जर्नी संस्था अमेरिकाका महासचिव धनकुमार श्रेष्ठले प्रशंसा पत्रले सम्मान समेत गरेका थिए ।  संस्थालाई आगामी दिनमा थप प्रभावकारी र संस्थाको उद्देश्य परिपुर्ती गर्न नयाँ समितिले प्रभावकारी रुपमा काम गर्ने नव निर्वाचित अध्यक्ष सिग्देलले बताए ।

नेपाल जर्नी संस्थाले निर्माण गरेको हेटौँडाको बिद्युतिय पुस्तकालय चौधौं पुस्तकालय दिवसका अवसरमा नेपालको उत्कृष्ठ पुस्तकालयका रुपमा सम्मानित भएको छ ।नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालय काठमाडौंले नेपाल जर्नी पब्लिक पुस्तकालय लाई नेपालको उत्कृष्ठ पुस्तकालयका रुपमा कदरपत्रले सम्मान गरेको हो ।। त्यस्तै स्यागंजाको हरिनास ३ को प्राथमिक बिद्यालयमा निमार्ण गरेको पुस्तकालय पनि हरिनासको नमुना पुस्तकालयका रुपमा छनोट भएको छ ।

संस्थाले अहिले भरतपुर महानगरमा नेपालकै नमुना अपागंमैत्रि बिद्युतिय पुस्तकालय निमार्ण गर्दै छ । जसको भरतपुर महानगर प्रमुख रेनु दाहालले कार्तिक २९ गते एक कार्यक्रमका बिच शिलन्यास गर्ने संस्थाका निर्वतमान अध्यक्ष गोपाल भण्डारीले बताए । मेयर दाहाल सहित उपमेयर लाई पुस्तकालय निमार्ण कार्यको सिलन्यासका लागी संस्थाले निमंन्त्रणा गरिसकेको छ । अमेरिकामा रहेका नेपालिहरुले नेपालमा शिक्षाका क्षेत्रमा काम गर्न अमेरिकामा नेपाल जर्नी स्थापना गरेका हुन् । चितवन निवासी मौषमी श्रेष्ठको अध्यक्षतामा रहेको यो संस्थाले नेपालका धेरै बिद्यालयहरुमा पुस्तकालय निर्माण गरेको छ भने अनाथलयमा रहेका बालबालिकालाई शैक्षिक विकासमा सहयोग गर्दै आएको ।

भरतपुर महानगरमा पुस्तकालय निमार्णका लागि अमेरिका र अरु धेरै देशमा रहेका नेपालिहरुले आफुले सकेको रकम जम्मा गर्ने गरेका छन् । संस्था जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएर नेपालमा पुस्तकालय निर्माणमा काम गरेको छ ।  भवन निर्माणका लागी समाजसेवी शिब लामिछाने को संयोजकत्वमा व्यवसायी तेज नारायण खरेल, उज्जवल कुमार श्रेष्ठ, लगायतको ७ सदस्य समिति समेत गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस