भरतपुरको मौलाकालिका अस्पताल : दक्ष जनशक्तिबाट गुणस्तरीय सेवा

सफल खबर संवाददाता

मंगलबार, १९ असोज २०७८, १८ : २७
भरतपुरको मौलाकालिका अस्पताल : दक्ष जनशक्तिबाट गुणस्तरीय सेवा

चितवन । मेडिकल सिटीको रुपमा विकास भइरहेको चितवनको भरतपुरमा मौलाकालिका अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । भरतपुरको चौबिसकोठीमा रहेको मौलाकालिका अस्पतालमा हरेक किसिमका बिरामीहरुको उपचार हुँदै आएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरेर दक्ष चिकित्सकहरुले उपचार गराइरहेका कारण मौलकालिका अस्पतालमा बिरामीको संख्या पनि बढ्दै गइरहेको छ । दुई दर्जनभन्दा बढी निजी अस्पतालहरु रहेको चितवनको भरतपुरमा मौलाकालिका अस्पतालले फरक तरिकाबाट उपचारहरु गर्दै आएको छ । 

मौलाकालिका अस्पतालका प्रबन्ध निर्देशक एवम् वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा केशवराज भुर्तेलले मौलकालिका अस्पताल अन्य अस्पतालको तुलनामा फरक रहेको बताए । उनले भने, ‘मौलाकालिकामा दक्ष, अनुभवी चिकित्सकहरु हुनुन्हुन्छ, अत्याधुनिक प्रविधिबाट उपचारहरु हुने गरेको छ । बिरामीहरुलाई रोगबाट मुक्त बनाएर पठाइन्छ । 

मौलाकालिका अस्पतालमा ५० शैयाहरु छन् । यस अस्पतालमा चितवन, मकवानपुर, नवलपरासी, गोर्खा, लमजुङ, धादिङ, तनहुँलगायतका जिल्लाबाट सयौँ बिरामीहरु उपचारको लागि आउने गरेका छन् । डा भुर्तेलले मौलाकालिका अस्पतालमा २४ घन्टा आकस्मिक सेवा प्रदान भइरहेको बताए । उनले भने, ‘जुनसुकै समयमा गुणस्तरीय सेवा प्रदान भइरहेको छ, उपचार गर्न आएका जुनसुकै बिरामीहरुलाई निको नबनाई पठाएका छैनौँ ।’

स्त्री तथा प्रसूतिका हरेक सेवा, मृगौलाका समस्याहरु, फिजियोथेरापी, अर्थोपेडिक तथा हाडजोर्नी सेवा, मुटु रोगको उपचारहरु मौलाकालिका अस्पतालमा हुने गरेका छन् । यसबाहेक बच्चाहरुको लागि हरेक समस्याहरुको उपचार पनि मौलाकालिकामा हुन्छ। एनआईसियु कक्ष, पिआइसियू कक्षहरु अस्पतालमा रहेका छन् ।  

अस्पतालमा दक्ष युरोसर्जनबाट उपचारहरु हुने गरेको छ । एनआइसियु राम्रो प्रबन्ध छ । अर्थोपेडिक सेवा ज्यादै राम्रो भएको अस्पतालको दावी छ । अनुभवी प्रतिष्ठित, दक्ष जनशक्ति, पारिवारिक वातावरणमा उपचार हुने गरेको डा भुर्तेल बताउँछन् । अस्पतालका सिनिडर कन्सलटेन्ड स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले गर्भवती परीक्षणदेखि पाठेघरको ट्युमरसम्मका समस्याहरुको उपचार अस्पतालमा हुने बताए । उनले भने, ‘सेता पानी बग्न, गनाउनेदेखिका साना समस्यादेखि पाठेघरका ठूलठूला ट्युमर निकाल्नेसम्म अथवा यसरी भनौ महिलाका हरेक समस्याहरुको उपचार अस्पतालमा हुन्छ ।’  

मौलाकालिका अस्पताल चितवनको पुरानो अस्पतालको रुपमा गनिन्छ । यहाँ नाम चलेका डाक्टरबाट उपचार हुन्छ भन्ने छाप सबै सर्वसाधारणमा परेको छ । दैनिक रुपमा ओपिडी सेवाबाट बिरामीको उपचार भइरहेको छ । स्त्री तथा प्रसुतिको सम्पूर्ण सेवा प्रभावकारी ढंगबाट हुन्छ ।  निसन्तान भएका महिलाको उपचार, जाँच गरी नयाँ प्रविधिबाट सन्तान दिलाउने काम पनि मौलाकालिका अस्पतालमा हुने गरेको छ । 

‘कुनै महिलालाई सन्तान प्राप्ती हुन सकेन, त्यस्तो महिलाको पाठेघरमा पुरुषको विर्य छानेर राखिन्छ र सन्तान प्राप्ती हुने अवस्था सिर्जना गरिन्छ’ डा सापकोटाले भने । उनका अनुसार बच्चा बस्न नसके नेचुरल तरिकाले बच्चा बस्न सक्ने बनाउने काम मौलाकालिका अस्पतालमा हुन्छ । 

पाठेघरको, डिम्बासयको ट्यूमर ल्याबोस्टोरी विधिबाट निकाल्ने काम पनि मौलाकालिका अस्पतालमा हुने गरेको छ । यसबाहेक पेटका समस्याहरु, मधेमहका बिरामीहरु, नसा तथा हाडजोर्नीका समस्याहरु मौलाकालिका अस्पतालमा हुने गरेको छ । हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा श्रवणकुमार थापाका अनुसार ट्रमाबाहेक जोर्नी प्रत्यारोपण, स्पाइनको अप्रेसनलगायतका हाडजोर्नीको सम्पूर्ण समस्याहरुको उपचार अस्पतालमा हुने गरेको छ । ‘जोर्नी प्रत्यारोपणका कामहरु भइरहेको छ । बांगो हडीलाई सोझो बनाउने काम गरिन्छ’ उनले भने । 

नाक कान घाटीको पनि अस्पतालमा गुणस्तरीय उपचार हुने गरेको छ । वरिष्ठ युरोलोजिष्ट डा प्रेमराज सिग्देलले पिसाब थैलीका पथ्यरी, पिसाब पोल्ने समस्या,  किड्नसम्बन्धी सम्पूर्ण समस्याहरु समाधान हुने बताए । २४ घन्टा फार्मेसी सेवा, आकस्मिक सेवालगायतका दर्जनौँ सेवाका कारण मौलाकालिका अस्पतालमा बिरामीको संख्या बढ्दै गइरहेको छ र उपचार पनि प्रभावकारी ढंगले भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस