बेइजिङ । आगामी ४५ वर्षभित्र चीनको जनसंख्या आधा घट्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनमा जन्मदरमा आएको गिरावटसँगै जनसंख्या पनि आधा घट्ने अनुमान गरिएको हो । हालै सम्पन्न जनगणनामा त्यहाँको जन्मदरमा अनुमान गरेभन्दा गिरावट आएको छ ।
जनगणनाअनुसार चिनियाँको जन्मदर १ दशमलव ३ प्रतिशतभन्दा तल झरेको छ । यसको अर्थ जीवनकालमा हरेक महिलाले औषतमा केवल १ दशमलब ३ सन्तान जन्माउँछन् । चीनको जनसंख्या स्थिर राख्न महिलाले औषतमा २ सन्तान जन्माउनु पर्ने विज्ञहरु बताउँछन् ।
चीनको अहिलेको जनसंख्या १ अर्ब ४० करोड छ । तर, जन्मदरमा अहिलेजस्तै गिरावट आउने हो भने सन् २०५५ मा त्यहाँको जनसंख्या आधा घट्नेछ । दशकौंदेखि चीनले जनसंख्या नियन्त्रणमा कडाइ गर्दै आएको थियो । तर, जसंख्या घटेसँगै जन्मदरमा केही खुकुलो नीति ल्याएको छ । (एजेन्सी
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असोज २०७८, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट