काठमाडौं । गृह मन्त्रालयले चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन सहसचिवको नेतृत्वमा प्रदेशगत अनुगमन टोली गठन गरेको छ ।
मन्त्रालयले चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाइ सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, यातायातलगायत सेवालाई सुलभ तथा गुणस्तरीय बनाउने उद्देश्यले सातै प्रदेशमा अनुगमन गरी तत्काल देखिएका समस्या समाधानका गर्न सो टोली गठन गरेको हो ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल दसैँ, तिहार, छठ आदि चाडपर्व नजिकिँदै गएका सन्दर्भमा सुरक्षा, यातायात, आपूर्ति तथा बजार व्यवस्थापनलगायत सेवालाई शुलभ, गुणस्तरीय प्रभावकारी बनउनका लागि सम्बन्धिक निकायद्वारा देशभर अनुगमन भइरहेको बताए ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३२ तथा उपभोक्ता संरक्षण नियमावली, २०५६ को नियम १८ बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अधिकार प्रत्यायोजन गरी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बजार अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १८ असोज २०७८, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी
निष्पक्ष र निर्भीक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशन