विभिन्न पार्टीका केन्द्रीय नेतादेखि राज्य नगर स्तरीय नेता कार्यकर्ताहरु एकता मञ्चमा प्रवेश

सफल खबर संवाददाता

सोमबार, १८ असोज २०७८, १२ : ०६
विभिन्न पार्टीका केन्द्रीय नेतादेखि राज्य नगर स्तरीय नेता कार्यकर्ताहरु एकता मञ्चमा प्रवेश

नयाँ दिल्ली । नेकपा (माओवादी केन्द्र) को प्रवास संगठन अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश गर्ने क्रम बढ्दो छ । भारतको संघीय राजधानी दिल्ली ओखलामा शनिबार विशाल कार्य्रकमकाबीच विभिन्न पार्टीका संघ सङ्गठनबाट केन्द्रीय नेतादेखि राज्य नगर स्तरीय नेता कार्यकर्ताहरु एकता मञ्चमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्रको  नेतृत्वमा देश विकास र सम्बृद्धि  ,कम्युनिस्ट पार्टीको  एकता नेतृत्व गर्न सक्ने आसा बिश्वासका साथ ३ दर्जन भन्दा बढी नेता कार्यकर्ता अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश गरेका छन् । 

कार्यक्रममा नव प्रवेशीलाई केन्द्रीय अध्यक्ष प्रमुख अतिथि  इशरी भण्डारी र अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय सचिब आर बि खड्का , दोसल्ला र अबिरद्वारा भव्य रुपमा स्वागत गरेका थिए । कार्यक्रममा  अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समितिकी  महिला नेतृ  सचिब उषा थापा खडका, केसी सहकोषाध्यक्ष ,ज्ञान बहादुर केसी  हरि आर्याल ,केन्द्रीय सदस्यहरु मानु श्रेष्ठ ,बेलबहादुर पुनले आ–आफ्नो धारणा राखेका थिए ।  

कार्यक्रमको बीच–बीचमा बाल कलाकारहरुको दर्जनौं सास्कृतिक प्रस्तुति गरेका थिए । नव प्रवेशीका टिमको नेतृत्व गर्दै कमरेड हुमाकान्त कुवरले प्रतिबद्धता मन्तव्य राखेका थिए । एकता मञ्चमा प्रवेश गर्नेमा तरुण कुमार  बिक, लक्षिमा बिक ,कमला पाण्डे लगायत  तीन दर्जन नेता कार्यकर्ताहरु रहेका छन् ।

अखिल भारत नेपाली  एकता मञ्च केन्द्रीय सचिव आर बी खड्काले  सङ्गठनको कार्ययोजनासहितको मन्तब्य राखेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथिले राजनैतिक ,सांगठनिकरुपमा प्रक्षिणात्मक  मन्तब्य राखेका थिए । कार्यक्रममा एकता मञ्चका केन्द्रिय सदस्य नारायण बिक , कृष्ण पर्साइ , कृष्ण कुँवर , सुर्य राना , माधब बिष्ट, पुराना पाका नेता हुकुम सिंहसहित राज्य ,नगरका कमरेड र आम जनसमुदायको विशाल उपस्थितमा अखिल भारत नेपाली एकता मञ्च  दिल्ली यूपी हरियाणा समुक्त राज्य समिति अध्यक्ष जिबन शर्माको अध्यक्षतामा कार्य्रकम सञ्चालन केन्द्रीय सदस्य तथा राज्य सचिव अर्जुन दयालले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस