काठमाडौं । राष्ट्रिय सभाको बैठक २४ असोजमा बस्ने भएको छ । सोमबार बसेको बैठकमा विभिन्न अध्यादेश खारेज र विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका थिए ।
यस्तै विभिन्न विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरिएको छ ।
राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज गरिएको, आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो ।
यसैगरी, महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन पेस गरिएको सोमबारको बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असोज २०७८, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता
राष्ट्रिय सभाको रिक्त पदमा को पुग्लान् ?
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने काँग्रेसको निर्णय