अखिल क्रान्तिकारीका नेताहरु प्रचण्ड निवासमा, आकांक्षीसँग परामर्श गरी सर्वसम्मत नेतृत्व चयन गरिँदै

सफल खबर संवाददाता

आइतबार, १७ असोज २०७८, ०८ : ०४
अखिल क्रान्तिकारीका नेताहरु प्रचण्ड निवासमा, आकांक्षीसँग परामर्श गरी सर्वसम्मत नेतृत्व चयन गरिँदै

काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको जारी राष्टि«य सम्मेलन एक दिन लम्बिएका छ । सम्मेलन आज नेतृत्व चयन गदै सम्पन्न हुँदैछ । नीति पारित भइसकेको र अब नेतृत्व चयनमात्र बाँकी रहेकोले आज यस विषयमा पनि टुंगो लाग्ने क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले जानकारी दिए ।

क्रान्तिकारीको अध्यक्षका लागि ६ नेताको दावी छ । सुरेन्द्र बस्नेत, पञ्चा सिंह, उत्तम अधिकारी, तिलक भण्डारी, विजय गौतम र दिपक देवकोटा अध्यक्षका आकांक्षी हुन् । अध्यक्ष प्रचण्डले चुनाव नगरी सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै विद्यार्थी नेताहरुलाई सहमतिमा नेतृत्व चयनको विधि अवलम्वन गर्न नेताहरुले आग्रह गरिरहेका छन् ।

सहमति खोज्न शनिबार स्थायी समिति बैठकले आकांक्षी नेताहरुका नाममा छलफल गरेपछि प्रचण्डलाई नै नेतृत्व चयनको जिम्मा दिएको छ । आज प्रचण्डले बिहान आकांक्षी नेताहरुलाई पुनः छलफलका लागि अहिले खुमलटार बोलाएका छन् । आकांक्षीहरुसँग एकसरो छलफल गरेपछि उनले अध्यक्षको चयन गरेर विद्यार्थी नेताहरुलाई सहमतिको प्रयासमा ल्याउनेछन् ।त्यसपछि आजै बन्द सत्रमा केन्द्रीय समिति घोषणा गर्ने तयारी छ ।
 

प्रतिक्रिया दिनुहोस