काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको हिरो माओवादी केन्द्र नै रहेको बताएका छन् । शनिबार माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै बुद्धिजीवी, नागरिक आन्दोलनकर्मीलगायत सबैले देशको हिरो माओवादी केन्द्र र प्रचण्ड नै हो भनेर भनेको उनले बताएका हुन् ।
उनले भने, ‘अहिले थुप्रैसँग छलफल र भेला भइरहेको छ– विदेशी कूटनीति, बुद्धिजीवी, पत्रकार, पार्टीका साथीहरु, नागरिक आन्दोलकर्मी । र, सबैले भन्नुहुन्छ (टुक्रिनेहरुले पनि) देशको हिरो भनेको माओवादी नै हो, प्रचण्ड नै हो ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई÷दुई पटक संसद विघटन गरेपछि बल्ल आफूले ज्ञान प्राप्त गरेको र मान्छे भएको पनि अध्यक्ष प्रचण्डले भनेका छन् । उनका अनुसार दुईवटा खुड्किला पार गरेर आएपछि अहिलेचाहिँ मान्छे बन्ने अवर पाएँ ।
केपी ओली खलनायक भएको पनि पनि अध्यक्ष प्रचण्डले भनेका छन् । उनले भने, ‘नायक नायक नै हुन्छ, खलनायक खलनायक नै हुन्छ । पहिलो र दोस्रो संसद विघटनको क्रियाकलापले त्यो प्रमाणित गर्यो ।’
संसद विघटनका समयमा प्रतिक्रियावादी र आफ्नै साथीहरुले प्रचण्ड सकियो भन्दा औँधी पीडा भएको उनले बताएका छन् । उनले भने, ‘प्रतिक्रियावादीले पनि सिधियो । आफ्नाले पनि सिधियो भन्दा पीडा हुँदोरहेछ । तर, अहिले यहाँ आउँदाचाहिँ म खुसी छु । सडकमा गइसकेपछि सुते भनेकाहरु उठेर आए, निराशा भएका जनताहरु लाखौँको संख्यामा सडकमा आउनुभयो । र हामीले भन्यो यो फेरि नयाँ जनयुद्ध सुरु भयो । हामी जेल, नेल र मृत्यु भोग्न पनि तयार तर, प्रतिक्रान्तिकारी षड्यन्त्र स्विकार गरिने छैन भनेर हामीले उद्घोष गर्यो ।’
साथै, अहिले प्रतिक्रियावादीहरु जालझेल, षड्यन्त्र र रातो भेषमा आउने गरेको पनि उनले बताएका छन् । अध्यक्ष प्रचण्ड अघि बोलेका नेताहरुले माओवादीले अब गाउँ गाउँमा भण्डाफोर अभियान चलाउनुपर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असोज २०७८, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यक्ष दाहालद्वारा बुद्ध जयन्तीको शुभकामना
माओवादीले किन दिइरहेछ कोशीलाई असाधारण प्राथमिकता ?
किसानलाई मल र दूधको बक्यौता तत्काल उपलब्ध गराउन माग
करिब एक करोडजनतासँग प्रत्यक्ष संवाद गरिएको दाबी
पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौं : देव गुरुङ
माओवादीले भन्यो-‘शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो’