पोखरालाई विराटनगरको  चुनौतीपूर्ण लक्ष्य

सफल खबर संवाददाता

शनिबार, १६ असोज २०७८, १५ : २६
पोखरालाई विराटनगरको  चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको १४ औं खेलमा विराटनगर वारियर्सले पोखरा राइनोजलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । 

टियु मैदानमा टस जितेर पोखराले पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको हो । विराटनगरका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४४ रन बनाए । त्यस्तै, सिकन्दर राजाले २९ रन जोडे भने दिलशान मुनाविरा १६ रनमा र अनिल शाह १२ रनमा क्याच आउट भए । साथै कप्तान करण केसी २४ रनमा र सन्दीप रजाइली २८ रनमा अविजित रहे । 

बलिङतर्फ पोखराका विक्रम सोबले २ विकेट लिए भने विवेक कुमार यादव, नन्दन यादव र साहन अर्चाचिगेको नामा समान एकएक विकेट रह्यो । विराटनगर पहिलो जित निकाल्न चाहन्छ । करणको कप्तानीमा रहेको विराटनगरले ३ खेलमा जित निकाल्न सकेको छैन । विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा भने दोस्रो जित निकाल्न चाहन्छ । पोखरा ३ खेलमा ३ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस