टेबल टेनिसमा कतारलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश

सफल खबर संवाददाता

शनिबार, १६ असोज २०७८, १४ : १५
टेबल टेनिसमा कतारलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश

काठमाडौं । कतारको दोहामा जारी २५औं एसियाली टेबल टेनिस प्रतियोगितामा नेपालले जित हासिल गर्दै दोस्रो चरणको प्रतिस्पर्धामा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा जित निकाल्दै पुरुष टिम इभेन्ट्समा नेपालले प्यालेस्टाइनमाथि ३–१ को जित हासिल गरेको हो ।

स्यान्टु श्रेष्ठ र विनेश खनियाको जोडीले कतारी टिमलाई ३–१ ले पराजित गरेर दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । कतारले एसियाली स्तरको टेबल टेनिस प्रतियोगिता आयोजना गरेको यो दोस्रो अवसर हो ।

प्रतिक्रिया दिनुहोस