वालिङ । ट्र्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको छ ।
स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नंको ट्र्याक्टरको ठक्करबाट घाइते भएकी सोही ठाउँकी ४५ वर्षीया माया विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
बिहीबार साँझ साढे ५ः०० बजेको समयमा ओरालोमा रोकिराखेको ट्रयाक्टर आफै अगाडि बढ्न जाँदा विकलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी विकको उपचारका क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको छ । ट्र्याक्टर चालक र ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १५ असोज २०७८, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु