कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

शुक्रबार, १५ असोज २०७८, ०८ : ०८
कस्तो रहला आजको मौसम ?

काठमाडौं । भारतको झारखण्ड  र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको पनि महाशाखाको भनाइ छ । महाशाखाका अनुसार हाल  देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने प्रदेश गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

यस्तै शुक्रबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही  प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस