काठमाडौँ । नेपाल प्रहरीले अदालतबाट रु १० लाख जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १० लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ महानगरपालिका–६ का ६७ वर्षीय नारायणभक्त सङ्गतलाई पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २७ को फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम रु १० लाख जरिवानापछि फरार रहेका सङ्गतलाई आज काठमाडौँको सिफलबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका उनले आफ्नो सिटिजन बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।
उच्च अदालत पाटनले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालत पेश गरिएको प्रवक्ता महतोले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ असोज २०७८, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
माइतीघरमा प्रदर्शन गर्न खोज्ने दुई जना पक्राउ
प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ