काठमाडौं । बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई विमान चलाउनमा रोक लगाइएको छ। नागरिक उड्डयन प्राधिकरणले घटनाबारे छानबिन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको हो ।
सोमबार काठमाडौंबाट विराटनगरका लागि बिहान साढे ८ बजे ७३ यात्रु लिएर उडेको बुद्ध एयरको जहाज गियर समस्या देखिएपछि ल्यान्डिङ नगरी काठमाडौं फर्किएको थियो।
सोही क्रममा समस्या समाधान भएपछि सुरक्षित तरिकाले ल्यान्डिङ गरिएको थियो। सो दिन बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट बचेको थियो। उक्त जहाज पाइलट शेर्पाले चलाएका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, १८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट: सहचालक सहित सात जना सामान्य घाइते
बुद्ध एयरको ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर परीक्षण उडान
एउटा पांग्राबिनै जनकपुरबाट काठमाडौं पुग्यो बुद्ध एयरको जहाज