प्रतिनिधीसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, ०९ : ३८
प्रतिनिधीसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे डाकिएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउबाले महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची छ ।

एमालेको अवरोध कायमै रहने
एमालेले संसदमा अवरोध जारी राख्ने जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने एमाले नेता देवेन्द्र दाहालले जानकारी दिए ।

१४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखले राजीनामा दिनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस