प्रधानमन्त्री देउवाले बोलाए सर्वदलिय बैठक, प्रमुख प्रतिपक्ष एमालेद्धारा बहिष्कार

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, ०९ : १५
प्रधानमन्त्री देउवाले बोलाए सर्वदलिय बैठक, प्रमुख प्रतिपक्ष एमालेद्धारा बहिष्कार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।  प्रमुख विपक्षी दल नेकपा (एमाले) ले भने उक्त बैठक बहिष्कार गर्ने भएका छन् ।

संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले आज बिहान १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । तर, आफूहरु यो बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले बताए ।

वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा एमालेको असमति रहेकोले बैठकमा नजाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस