कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री शर्माले थाले छलफल

सफल खबर संवाददाता

बुधबार, १३ असोज २०७८, १८ : १५
कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री शर्माले थाले छलफल

काठमाडौँ । विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन् । 

बुधवार मन्त्री शर्माले  बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीका लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन् ।

यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ ।विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ । समयमा भुक्तानी नदिँदा बीमितहरुले आक्रोश पोख्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस