ईपीएल क्रिकेट : ललितपुरमाथि पोखराको सानदार जित

सफल खबर संवाददाता

बुधबार, १३ असोज २०७८, १३ : ४८
ईपीएल क्रिकेट : ललितपुरमाथि पोखराको सानदार जित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल टी- २० क्रिकेटमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गरेको छ । 

वर्षाका कारण मैदान ओसिलो भई ७ ओभरमा छोट्याइएको खेलमा ५२ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १ विकेट गुमाउँदैँ लक्ष्य पुरा गर्यो । पोखराका ओपनर रिचर्ड लेभी ३४ रन बनाउँदै अविजित रहे । अर्का ओपनर रित गौतमले १२ र सहान अर्चाचिगेले १ रनको योगदान गरे । 

ललितपुरका लागि अजमतुल्लाह ओमरजाईले एक विकेट लिए । यसअघि ७ ओभर खेलेको ललितपुरले ६ विकेट गुमाउँदै ५१ रन बनाएको थियो । ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन जोडे । ओपनर तथा कप्तान कुशल भुर्तेल भने ३ रनमै आउट भएका छन् ।

पवन सरार्फले ५ र अजमतुल्लाह ओमरजाईले १ रनको योगदान गरे । यस्तै, ओशदा फर्नान्डोले १०, नारायण जोशीले ११ रन जोडे । सन्दीप जोरा शून्यमै आउट भए ।यता पोखराका लागि नन्दन यादवले तीन विकेट लिए । विक्रम सोवले दुई विकेट र केस्रिक विलियम्सले एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस