काठमाडौं । उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा रु १० लाख ६५ हजार ९०० जरिवाना तोकिएका खगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनले २०७७ पुस २८ गते खत्रीलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम चार दिन कैद र रु १० लाख ६५ हजार ९०० जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका प्रतिवादी खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले आज काठमाडौँ कपनको बालुवाखानीबाट पक्राउ गरेको हो ।
खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका घर भई कपन बालुवाखानी बस्ने २६ वर्षीय खत्रीलाई पक्राउपश्चात् प्रहरीले सार्वजनिक गरेको हो । प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई ग्लोबल आइएमइ बैंकको चेक दिएका थिए ।
फैसला कार्यान्वयनका लागि खत्रीलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १२ असोज २०७८, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ
डीएसपी मधु नेपाल पक्राउ