काठमाडौं । एकै दिन बुद्ध एयरका दुई जहाजमा समस्या देखिएको छ । सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको र काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा समस्या देखिएको हो ।
विराटनगरका लागि उडेको ९एन–एएनआई कल साइनको जहाजको ल्यान्डिङ गेयर नखुल्दा र पोखराका लागि उडेको ९एन–एजेओ कल साइन भएको जहाजको ककपिटमा धुवाँ देखिएको थियो । यी दुवै जहाज १४ देखि २४ वर्ष पुरानो रहेको बताइएको छ । दुवै जहाज गन्तव्यमा नपुगी काठमाडौं नै फर्किएका थिए ।
जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । तर, आकस्मिक अवतरण गरिए पनि दुवै जहाजमा सवार चालक दलका सदस्य र यात्रु सकुशल रहेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १२ असोज २०७८, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध एयरको ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर परीक्षण उडान
एउटा पांग्राबिनै जनकपुरबाट काठमाडौं पुग्यो बुद्ध एयरको जहाज
नेपाल बैंक र बुद्ध एयरबिच ३० प्रतिशत छुट दिने सम्झौता
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
काठमाडौँबाट भैरहवा उडेको विमान पोखरामा अवतरण