मुख्यमन्त्री शाक्यद्वारा स्काउटको शपथ

रासस

सोमबार, ११ असोज २०७८, २१ : ५२
मुख्यमन्त्री शाक्यद्वारा स्काउटको शपथ

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले  स्काउटको उद्देश्यलाई पूरा गर्न र प्रभावकारी बनाउन राजनीतिबाट टाढा राखेर उच्च मानवीय सेवामा लाग्नुपर्ने बताएका छन् ।

नेपाल स्काउटको आज हेटौँडामा शपथ लिनुहुँदै सङ्घीयतामा मुलुक गएकाले अब स्काउटलाई पनि वाग्मती प्रदेशमा व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको औँल्याइन् । 

मुख्यमन्त्री शाक्यले स्काउटप्रति जनविश्वास बढाउन तथा यसको भूमिकालाई  सशक्त र प्रभावकारी बनाउन यसको संरक्षणमा आफूले भूिमका खेल्ने प्रतिबद्धता व्यक्त गरिन ।

वाग्मती प्रदेशमा स्काउटको संरक्षक पदमा मुख्यमन्त्री हुने र वाग्मती प्रदेशको सामाजिक विकासमन्त्री प्रमुख स्काउट रहने व्यवस्था छ । सो अवसरमा मुख्यमन्त्रीका साथै सामाजिक विकासमन्त्री  विजय सुवेदी र राज्यमन्त्री जुनेली श्रेष्ठले पनि शपथ गरेकी थिइन् । 

सोही अवसरमा मुख्यमन्त्री शाक्यले हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत र उपप्रमुख मीना लामा तथा  नगर शिक्षा प्रमुख गङ्गाधर रिमाललाई शपथग्रहण गराएकि थिएन ।

प्रतिक्रिया दिनुहोस