काठमाडौं । काठमाडौंबाट विराटनगरको लागि उडान भरेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण गर्ने क्रममा समस्या देखिएपछि राजधानी नै फर्काएर ल्यान्डिङ गराईएको छ ।
विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौंमा दुई घंटाको उडान पछि अवतरण गर्न सफल भएको हो ।
जहाजमा तीन बच्चा सहित ७० जना यात्रु रहेका थिए । अवतरण गर्न नसकेपछि उनीहरु निकै त्रसित बनेका थिए । यात्रुलाई प्राविधिक समस्याका विषयमा जानकारी गराइएको थियो ।
विराटनगरबाट तत्काल काठमाडौं फर्काइए पनि लामो समय आकाशमा होल्ड गरिएपछि यात्रु निकै त्रसित भएका थिए । दुई घण्टा आकाशमा फन्को लगाएको जहाज साढे १० बजे मात्रै त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भयो ।
त्यतिन्जेल विमानस्थलमा फर्म बिच्छ्याउने, एम्बुलेन्स र दमकल तयार पार्ने काम गरिएको थियो । विमान क्यापेट आंगेलो शेर्पाले चलाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असोज २०७८, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध एयरको ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर परीक्षण उडान
एउटा पांग्राबिनै जनकपुरबाट काठमाडौं पुग्यो बुद्ध एयरको जहाज
नेपाल बैंक र बुद्ध एयरबिच ३० प्रतिशत छुट दिने सम्झौता
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
काठमाडौँबाट भैरहवा उडेको विमान पोखरामा अवतरण