इजरालय रोजगारीमा जान एक हजार ६०० जनाको सिफारिस

रासस

आइतबार, १० असोज २०७८, १७ : ३६
इजरालय रोजगारीमा जान एक हजार ६०० जनाको सिफारिस

काठमाडौं । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । 

वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट गरेको हो । नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत एक हजार ६०० (७०) प्रतिशत महिला र ३० प्रतिशत पुरुष उम्मेदवार सिफारिस गर्न माग गरेको थियो । परीक्षामा एक हजार ८०३ सहभागीमध्ये शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुननसकेको सङ्ख्या घटाउँदा कायम भएका उम्मेदवारमध्येबाट अन्तर्वाता र लिखित परीक्षा लिइएको थियो ।   

लामो समयसम्म रोजगारीका लागि इजरायल जान रोकिएको भए पनि उसले नै दुई वर्ष पहिले दुई देशका सरकारबीचको सहमति सम्झौताबाट खुलाउने इच्छा देखाएको मन्त्रालयले जनाएको छ । विभागले लिएको लिखित परीक्षामा छ हजार ३१७  सहभागीमध्ये दुई हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए । 

विभागले यही असोज १ देखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तर्वाता अवधिभरलाई अवसर दिएको थियो । सम्झौताअनुसार एक हजार जना इजरायल जाने मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस