काठमाडौँ । इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले आज साँझ पक्राउ गरेको छ ।
गत असार २६ गते हिरासतकक्षको ग्रिल फुटाएर फरार नवराजपुर गाउँपालिका–१ निवासी ३४ वर्षीय रामप्रकाश भन्ने पशुपति यादवलाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीको लच्का पुलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
लागुऔषध मुद्दामा यादव गत जेठ २० गते पक्राउ परेका थिए । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान अघि बढाएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०९ असोज २०७८, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
दुई भारतीय नागरिक पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ