दीपक दीपाले ‘कालो कोट’ निर्माण गर्ने

सफल खबर संवाददाता

विहीबार, ०७ असोज २०७८, १७ : २५
दीपक दीपाले ‘कालो कोट’ निर्माण गर्ने

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ फिल्म ‘कालो कोट’ निर्माण गर्ने भएका छन् । ‘छ माया छपक्कै’का सह निर्माता रोहित अधिकारीसँग मिलेर उनीहरुले फिल्म निर्माणको तयारी गरेका हुन् । 

अहिले यो फिल्मको लेखन तथा कलाकार छनौटको काम (कास्टिङ) चलिरहेको छ । ‘सोसल कमेडी’ विधाको यो फिल्ममा निर्माण टिमले सौगात मल्ललाई लिने भएको छ । यो फिल्ममा सौगात खलपात्रको भूमिका देखिने भएका छन् । 

फिल्म कालो कोटलाई कसले निर्देशन गर्छ भन्ने निधो भैसकेको छैन । कालो कोट फिल्ममा दीपक दीपाको समूहबाट दीपक दीपा र माग्ने बूढा (केदार घिमिरे) मात्र सोझदारको रुपमा रहने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस