पछिल्लो २४ घण्टामा १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १३ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०७ असोज २०७८, १६ : ०८
पछिल्लो २४ घण्टामा १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

CG Developers Tansen Cement box

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३ हजार ६ सय १४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १ हजार २ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।