प्रतिनिधिसभाबाट सभामुखले राजीनामा दिनुपर्छ : कोमल वली

सफल खबर संवाददाता

विहीबार, ०७ असोज २०७८, १५ : १४
प्रतिनिधिसभाबाट सभामुखले राजीनामा दिनुपर्छ : कोमल वली

काठमाडौँ । राष्ट्रिय सभा सदस्य कोमल वलीले प्रतिनिधि सभाको कमजोरीका कारण धेरै नकारात्मक प्रतिक्रिया उत्पन्न हुने बताएकी छन्।

बिहीबार राष्ट्रिय सभामा बोल्दै सांसद वलीले त्यो परिणामलाई रोक्नको लागि सभामुख इमान्दार हुनुपर्ने बताइन्। उनले सभामुखले कुर्सीको महत्व राख्न नसक्दा र नियम पालना गर्न नसक्दा राष्ट्रिय सभामा त्यसको असर परेको र विभाजन भएको बताइन्।

उनले सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाएको आरोपसमेत लगाइन्। प्रतिनिधिसभाबाट सभामुखले राजीनामा दिनुपर्ने उनको भनाइ छ।

उनले भनिन्, ‘सभामुख इमान्दार हुनुपर्छ।सभामुख ज्यूले त्यो कुर्सीको महत्व राख्न सक्नु पर्छ। महत्व राख्न नसक्नुका कारण, नियम पालना नगर्नुका कारणले गर्दा राष्ट्रिय सभामा त्यसको असर पर्‍यो। अहिले प्रतिनिधि सभालाई सभामुखज्यूले बिरामी बनाउनु भएको छ।’

सांसद वलीले राष्ट्रियसभा र प्रतिनिधिसभा एकअर्काका परिपूरक भएको भन्दै राष्ट्रियसभाको कारबाही अघि बढ्न नसक्ने बताइन्।

प्रतिक्रिया दिनुहोस