केपी ओली हरुवा हो, भगौडा हो -प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, ०७ असोज २०७८, १४ : ५९
केपी ओली हरुवा हो, भगौडा हो -प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भगौडाको आरोप लगाएका छन् ।  

CG Developers Tansen Cement box

वाईसीएलको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार काभ्रेको पाँचखालमा सम्बोधन गर्दै प्रचण्डले केपी प्रवृत्ति कम्युनिस्टविरोधी, राष्ट्रविरोधी र सामन्ती प्रवृत्ति हो भन्ने प्रमाणित भएको बताएका हुन् ।

'केपी हरुवा हो । भगौडा हो । कम्युनिस्ट आन्दोलनबाट भाग्यो । मार्क्सवाद, समाजवादबाट भाग्यो,' उनले भने, 'मार्क्सवाद, समाजवाद, एकता विरोधी चरित्रलाई उदांगाे पारेर पार्टी निष्कासित गरेको हो । हामी विजेता हो । ऊ हरुवा हो ।'

प्रतिक्रिया दिनुहोस