काठमाडौँ । राष्ट्रिय सभाको बिहीबार बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यस्तै राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री शर्माले प्रस्तुत गरेका थिए । तर राष्ट्रिय सभामा छलफलका लागि कुनै पनि सांसदले नाम टिपाएका थिएनन् । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विधेयक राष्ट्रिय सभाबाट पास भएको अध्यक्ष तिमिल्सिनाले जानकारी गराएका थिए ।
राष्ट्रिय सभाबाट पास भएको विनियोजन विधेयक जस्ताको त्यस्तै सन्देशसहित फिर्ता प्रतिनिधिसभामा आउनेछ । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सुनाउनेछन् । त्यसपछि सभामुखले प्रमाणीकरणका लागि हस्ताक्षर ९सनाखत० गरेर राष्ट्रपतिकहाँ पठाउनेछन् ।
राष्ट्रपतिले आजै उक्त विधेयक प्रमाणीकरण गर्ने सम्भावना रहेको छ । विनियोजन विधेयक प्रमाणीकरण भएपछि सरकारलाई खर्च गर्ने बाटो खुल्नेछ ।
मंगलबार प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को विरोधका बीच विनियोजन विधेयक राष्ट्रिय सभामा टेबुल भएको थियो । प्रतिनिधिसभामा भने सोमबार एमालेको नाराबाजीबीच २०७८र०७९ को बजेट पारित भएको थियो । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।
त्यस्तै बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असोज २०७८, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति र उपराष्ट्रपति बनिसकेका व्यक्तिलाई राजनीतिमा आउन रोक्न माग
मनसुनजन्य विपद् न्यूनीकरणको पूर्वतयारी र राहत–उद्धारमा जिम्मेवार हुन सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभाबाट दुई विधेयक पारित
निजामती विधेयकको त्रुटि राष्ट्रिय सभाबाट सुधार गरिने
नागरिकता (दोस्रो संशोधन) विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल
विनियोजन विधेयक २०८२ राष्ट्रिय सभाबाट स्वीकृत