पूर्व मुख्यसचिव एवं राजदुत लिलामणि पौडेल माओवादी पार्टीको गतिविधिमा सक्रिय

सफल खबर संवाददाता

विहीबार, ०७ असोज २०७८, १० : १३
पूर्व मुख्यसचिव एवं राजदुत लिलामणि पौडेल माओवादी पार्टीको गतिविधिमा सक्रिय

काठमाडौं । नेपाल सरकारका पुर्व मुख्यसचिव लिलामणि पौडेल माओवादी केन्द्रका गतिविधिमा सकृय भएका छन् । मुख्य सचिवबाट हटेसंगै चीनका लागि राजदुत बनेर फर्केसंगै पौडेल यति बेला माओवादी केन्द्र पार्टी निकट काममा जुटेका छन् ।

उनलाई मुख्यसचिव एवं राजदुत बनाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भूमिका खेलेका थिए । पार्टी संगठन निर्माणको अभियानमा मुख्यसचिव भैसकेका  प्रशासक आफ्नो पार्टीमा खुलेपछि माओवादी केन्द्र गुल्मीका कार्यकर्ता उत्साहित देखिएका छन् ।

गुल्मी जिल्लामा ठुला साना हरेक विकास आयोजना हरु भित्र्याउन प्रमुख भुमिका खेलेका पौडेल निश्कलंकीत प्रशासक हुन् । बर्तमान राजनितीक तरलताका बिच गुल्मीको माओवादी केन्द्रमा पौडेलको सकृयतालाई अर्थपुर्ण रुपमा हेरिएको छ । उनको सक्रियतासंगै माओवादी केन्द्रले स्थानीय देखि प्रदेश हुँदै संघीय निर्वाचनमा माओवादीको पल्ला भारी हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस