काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने सोच रहेको बताएका छन् ।
पूर्वपरराष्ट्रमन्त्री सहाना प्रधानको सातौं स्मृतिमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आगामी चुनावपछि पनि वाम-लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउने सोच रहेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री नेपालले भने, ‘पाँच दल मिलेर वाम–लोकतान्त्रिक गठबन्धन बनाएका छौं । यो सरकार आगामी चुनावसम्म सहकार्यका साथ अगाडि बढ्ने छ । त्योभन्दा अगाडिसम्म पनि बढाएर लैजाने हाम्रो सोच रहेको छ ।’नेता नेपालले वर्तमान सरकारमा छिट्टै सहभागी हुने पनि बताए । प्रदेश एक र बागमती प्रदेशमा सरकार बनाउने पनि उनले दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असोज २०७८, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश