काठमाडौँ । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन फागुनमा हुने भएको छ।
तनहुँको बन्दीपुरमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले ‘जनयुद्ध दिवस’ को सन्दर्भ पारेर महाधिवेशन गर्ने निर्णय गरेको हो। त्यसअघि आउँदो मंसिर ८ गते काठमाडौँमा सभा तथा प्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले एमसिसीको विरोधमा रहेका शक्तिहरुसँग सहकार्य गरेर एमसिसी खारेज नहुँदासम्म विरोध गरिरहने निर्णयसमेत गरेको छ। अहिलेको शासन प्रणाली असफल भएको निष्कर्ष निकालेको नेकपाले सबै देशभक्त, प्रगतिशील र कम्युनिष्ट शक्तिलाई मोर्चाबद्ध तथा एकताबद्ध गर्दै जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
देशव्यापी संगठन विस्तार गर्ने र राष्ट्रियता, जनजीविका, भ्रष्टाचारलगायतका मुद्दामा संघर्ष गर्ने निर्णय पनि बैठकले गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असोज २०७८, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लवको चेतावनी- विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्छौँ
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?