काठमाडौँ । नेपालको संविधान तथा राष्ट्रिय दिवसका अवसरमा चीनका राष्ट्रपति सी चीनफिङ, प्रधानमन्त्री ली खछ्याङ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले नेपाल र नेपालीको समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।
चिनियाँ राष्ट्रपति र महासचिव गुटरेशले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्नुभएको हो भने चीनका प्रधानमन्त्री लीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएर हार्दिक शुभेच्छा व्यक्त गरेका हुन् ।
चीन सरकार र जनताका तर्फबाट पठाउनुभएको सन्देशमा राष्ट्रपति सीले विकास र समृद्धिका निम्ति चीन र नेपालबीचको रणनीतिक साझेदारी र सहयोगको सम्बन्ध अनन्तकालसम्म रहिरहने विशिष्ट प्रकृतिको छ भन्दै एकअर्काका हित प्रवद्र्धनमा दृढताका साथ सहयोग भइरहेको बताएका छन् ।
गतवर्षदेखि चिनियाँ र नेपाली जनता संयुक्तरूपमा कोभिड–१९ महामारीविरुद्ध लडिरहेका तथा परम्परागत चीन–नेपाल मैत्रीलाई ‘बेल्ट एण्ड रोड’ सहयोगको माध्यमबाट उनीहरूले त्यसलाई नयाँ गति दिएका बताएका छन् ।
चीन र नेपालबीचको सम्बन्धलाई अझ उन्नत तुल्याउन आफूले उच्च महत्व दिएको उल्लेख गर्दै चिनियाँ राष्ट्रपतिले सन्देशमा दुवै देश र जनताको अझ अधिक हित तथा द्विपक्षीय सम्बन्ध प्रवद्र्धन गर्दै त्यसलाई नवीन चरणमा पु¥याउन राष्ट्रपति भण्डारीसँग सहकार्य गर्न आफू तत्पर रहेको बताए ।
यसैगरी महासचिव गुटरेसले अहिलेको कठिन परिस्थितिमा हरेक देशले विश्वको कल्याणका खातिर आवश्यक योगदान गर्नुपर्ने स्मरण गराएको बताउँदै महामारीबाट पार पाउन सहकार्य गरिरहँदा त्यसलाई परास्त गरेपछि अझ उत्थानशील, दिगो र न्यायपूर्ण समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।
जलवायु परिवर्तनका दुष्प्रभाव र त्यसले निम्त्याउने सङ्कटको सम्बोधनका साथै दिगो विकासका लक्ष्य हासिल गर्ने प्रयासलाई दृढताका साथ अघि बढाउन आवश्यक भएको उहाँले सन्देशमा उल्लेख गरे।
संयुक्त राष्ट्रसङ्घलाई सुदृढ तुल्याउँदै सबैका लागि अझ योग्य र शान्त संसार निर्माण गर्न नेपालबाट सहयोग हुने भरोसा आफूले गरेको महासचिव गुटरेसले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०५ असोज २०७८, १८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै
राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने
गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
राष्ट्रपति पौडेल कतार प्रस्थान
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति