काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक व्यक्ति पक्राउ गरेको छ ।
लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको टोलीले पोखरा महागनरपालिका–३० पावरहाउसस्थित सवारी साधन जाँचका क्रममा पोखरा–१० रामबजार बस्ने १८ वर्षीय सुनिल परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
निजबाट १.९२२ किलोग्राम गाँजा फेला पारिएको उनले जानकारी दिए । परियारलाई लागूऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०४ असोज २०७८, २२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी, दुई जना पक्राउ
खैरो हेरोइनसहित भक्तपुरबाट युवक पक्राउ
हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ
बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सूचना दिनेलाई १० लाख भारु इनाम तोकिएका व्यक्ति नेपालबाट पक्राउ परेको दाबी
मरेको खसीको मासु बेचेको आरोपमा २ जना पक्राउ