कोरोना अपडेट : थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०४ असोज २०७८, १६ : ५९
कोरोना अपडेट : थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ।

सोमबार २ हजार ९५७ कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २२ हजार ३२३ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १० हजार ७८६ पीसीआर तथा ३ हजार ३१ एन्टिजेन परीक्षण भएको छ।