नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति बैठक क्वालिटी बैंक्वेटमा बस्ने

सफल खबर संवाददाता

सोमबार, ०४ असोज २०७८, १५ : ४५
नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति बैठक क्वालिटी बैंक्वेटमा बस्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंको बुद्ध नगरस्थित क्वालिटी बैंक्वेटमा बस्ने तय भएको छ ।

सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीको अबको रणनीतिसहित विविध विषयमा छलफल गर्नेछ ।

माधवकुमार नेपाल नेतृत्वको उक्त पार्टीलाई निर्वाचन आयोगले गत भदौ ९ गते मान्यता दिएको थियो । त्यसपछि सो पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । 

प्रतिक्रिया दिनुहोस