काठमाडौँ । प्रतिबन्धित हाब्रे (रेडपाण्डा)को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।
रेडपाण्डाको छाला बिक्री गर्न भनी नलगाड नगरपालिका–५ कालिमाटीस्थित होटलमा ल्याएको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।
परियारले रेडपाण्डाको ४२ इन्च लम्बाइ भएको ठूलो छाला एक थान र टाउको नभएको २२ इन्च लम्बाइ भएको सानो छाला एक थान फेला परेको नायब उपरीक्षक थापाले बताए । पक्राउ परेका परियारबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०३ असोज २०७८, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ