काठमाडौँ । भारतीय निकटवर्ती बजार वनवसाबाट लागुऔषध ल्याउँदै गरेका युवकलाई सशस्त्र प्रहरीले आज भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट पक्राउ गरेको छ ।
गुप्ताङ्गमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दार्चुला जिल्ला महाकाली नगरपालिका–४ खलङ्गा स्थायी घर भई भीमदत्त नगरपालिका–१८ जानकीटोलमा डेरा गरेर बस्ने १८ वर्षका राहुल सोनमलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरका अनुसार पक्राउ परेका सोनामको साथबाट वुपफ्रेनोफाइन इन्जेक्सन २९ वटा, डाइजेपाम इन्जेक्सन एक थान र प्रोमेथाजाइन इन्जेक्सन २९ थान बरामद गरेको छ । बरामद लागुऔषधसहित पक्राउ परेका सोनमलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०३ असोज २०७८, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ