अबको सात महिनासम्म एमाले भत्किन्छ : झाँक्री

सफल खबर संवाददाता

शनिबार, ०२ असोज २०७८, २० : २१
अबको सात महिनासम्म एमाले भत्किन्छ : झाँक्री

जनकपुर । नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले अबको सात महिनामा नेकपा एमाले भत्केर सकिने दावी गरेकी छन् । 

शनिबार जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केपी शर्मा ओली सच्चिने कुनै सम्भावना नरहेको टिप्पणी गर्दै संघीय संसद् र प्रदेशसभा दुवै निर्वाचनमा एमाले भत्किएर जाने दाबी गरेकी हुन्। नेता झाँक्रीले एमालेलाई ओली कम्पनीको संज्ञा दिइन् । उनले एमालेमा संघ र प्रदेशको निर्वाचनको प्रक्रिया सुरु भएपछि सामान्य विद्रोह नभई पहिरो जाने झाँक्रीले जिकिर गरिन्। 

दुईदुईपटक संसद् विघटन गर्नेजस्तो गैरजिम्मेवार, असंवैधानिक र अपराध गर्ने काम ओलीले गरेको आरोप नेता झाँक्रीले लगाइन्। उनले प्रश्न गर्दै भनिन्, ‘यदि केपी ओलीलाई हामीबाट धक्का लागेको छैन भने हाम्रो बाटो किन छेकिराख्नुभएको छ  ? उनले संविधानको रक्षा तथा लोकतन्त्रलाई प्रवर्द्धन गर्दै संसदलाई पूर्ण कार्यकाल सञ्चालन गर्नका निम्ति आफूहरूले विद्रोह गरेको बताइन्। 

प्रतिक्रिया दिनुहोस