ओली र कार्कीबीच भेटवार्ता, संसदको गत्यावरोध अन्त्यको प्रयास

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, १९ : ४३
ओली र कार्कीबीच भेटवार्ता, संसदको गत्यावरोध अन्त्यको प्रयास

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भेटवार्ता भएको छ । संसदको गत्यावरोध अन्त्यको प्रयासमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट गरेका स्रोतको भनाइ छ । 

नेकपा एमालेका अध्यक्ष ओलीलाई भेटेमा कानुनमन्त्री कार्कीले बजेटसँगै महत्वपूर्ण अध्यादेशहरु पास गर्नुपर्ने भएकाले संसद सुचारु गर्न माग गरेका हुन् । एमालेले भने यथास्थितिमा ४ असोजका लागि बोलाइएको बैठकमा पनि अवरोध कायमै राख्ने बताएको छ ।

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनमा भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएर २३ भदौयता संसदमा नाराबाजी गर्दै आएको छ । एमालेको नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी ऐन र बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भएको छ । 

प्रतिक्रिया दिनुहोस