एमसीसी संसदबाट अनुमोदन गर्नुपर्छ : कानूनमन्त्री कार्की

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, १८ : ०७
एमसीसी संसदबाट अनुमोदन गर्नुपर्छ : कानूनमन्त्री कार्की

सुनसरी । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरसन एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन् ।

कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न शुक्रबार सुनसरी पुगेका कानूनमन्त्री कार्कीले एमसीसी विकास परियोजना भएको बताए । उनले भने, ‘नेपालको वैदेशिक सहायताको इतिहासमा यति ठूलो अनुदान रकम अहिलेसम्म आएको थिएन ।’

विकास परियोजनामा राजनीति गर्न नहुने उनले बताए । कानूनमन्त्री कार्कीले अघि भने, ‘यसलाई संसदबाट अनुमोदन गराउने जुन यसको लक्ष्य छ, त्यसमा हामी अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस